सात महिनापछि खुल्यो आन्तरिक उडान

रातोघर

 २०७७ आश्विन ५, सोमबार  मा प्रकाशित
८७२ पाठक संख्या


कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै जारी लकडाउन आदेशले बन्द भएको आन्तरिक हवाई उडान आजदेखि खुलेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्नका लागि एयरलाइन्सहरूलाई आजदेखि अनुमति दिएको छ।
सोहीअनुसार एयरलाइन्सले आजदेखि उडान सुरू गरेका छन्।
आजदेखि खुल्ने उडान सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतमात्र हुने छन्। विमानस्थलको भीड व्यवस्थापन तथा मागका आधारमा उडानको कोटा निर्धारण गरिएको प्राधिकरणले जानकारी दिएको छ।
उडान गर्दा यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्नेछ। त्यस्तै भाइजर पनि उनीहरूले अनिवार्य लगाउनुपर्ने छ तर भाइजर भने एयरलाइन्स आफैले व्यवस्था गर्नेछन्। जसको लागत टिकटमै जोडिने छ।
विमानस्थलमा समयमै पुगेर सकेसम्म सम्पर्कबिहिन बोर्डिङ प्रक्रियाको व्यवस्था एयरलाइन्सले मिलाउनुपर्ने छ भने यात्रुले पनि दुरी कायम गरेर हरेक काम गर्नुपर्ने छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban