थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि

रातोघर

 २०७७ आश्विन ८, बिहिबार  मा प्रकाशित
३३८ पाठक संख्या


 

काठमाडौँ । विगत २४ घण्टामा देशभर एक हजार ४९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ११ हजार ४४९ जनाको पिसीआर परीक्षण गरिएको जानकारी दिए । योसंगै अहिलेसम्म ६९ हजार ३०१ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै विगत २४ घण्टामा ४५७ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म ५० हजार ४११ जना सङ्क्रमित निको भई घर फर्किसकेका छन् । यस्तै देशभर सक्रिय सङ्क्रमित १८ हजार ४३७ जना रहेका छन् भने क्वारन्टिनमा ६ हजार ५६५ जना रहेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban