मन्दिरमा लगेर बालिकालाई बलात्कारपछि हत्या

रातोघर

 ८ आश्विन २०७७, बिहीबार २१:४४  मा प्रकाशित
३४४ पाठक संख्या



 

बझाङ । बझाङ जिल्लाको मष्टा गाँउपालिका–२ की एक १२ बर्षिया बालिकाको बलात्कारपछि हत्या भएको छ । बुधबार बेलुकी ती बालिकाको बलात्कारपछि हत्या भएको उनका बाजे गोर्ख कामीले बताए ।

बुधबार बेलुका ४ः३० बजे उनको गाउँ खिकालाबाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालिका अबेरसम्म घर नआएपछि उनको खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै २ किलोमिटर टाढा पर्ने सिम मन्दिरमा उनको सब फेला पारेको कामीले जानकारी दिए ।

नातीनी अबेरसम्म नआएपछि कतै लडेकी भनेर खोजी गर्दै जाँदा मन्दिरभित्र मृत अवस्थामा फेला पारेको उनको भनाइ छ । बालिकाको शरीरभरि निलडाम छन् । उनको यौनीबाट रगत र पानीसमेत बगेको अवस्था छ भने बालिकाले लगाएको सुरुवालसमेत नभएको नग्न अवस्थामा शब फेला पारेको वडाअध्यक्ष शेरबहादुर खड्काले जानकारी दिए ।

बालिकाले कानमा लगाएको ५ आना बराबरका सुनसमेत लुटेर लगेको बाजे गोर्ख कामीले बताए । बालिकाका बुबा आमा रोजगारीका लागि भारतमा नै छन् । बालिका मष्टा निमावि तुतीका कक्षा ६ मा अध्यनरत बालिका हुन् ।

यता जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक रुपक खड्काको नेर्तत्वको टोली सहीत घटना स्थलमा पुगेको छ । डीएसपी खड्काले बालिकाले कानका लगाएको मुन्द्रा नभएको र बालिकाको बलात्कारपछि हत्या भएको जानकारी दिदै उनले आफुहरु अनुसन्धानमा लागिपरेको बताए ।

Write your Comment