चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

रातोघर

 २०७७ आश्विन १०, शनिबार  मा प्रकाशित
३३९ पाठक संख्या


 

१० असोज, चितवन । चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका चौधरीलाई बिहान १०ः१५ बजे बाघले आक्रमण गरेको थियो ।

अहिले पनि बाघ र शव एकै ठाउँमा रहेकाले बाघलाई डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

इलाका प्रहरी कार्यालय गीतानगर र स्थानीय सो स्थानमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले बताए । Onlinekhabar

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban