डिजेल र मटितेलको मूल्य एक रुपैयाँ घट्यो

रातोघर

 २०७७ आश्विन १५, बिहिबार  मा प्रकाशित
४१७ पाठक संख्या


असोज, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

घटेको भाउअनुसार डिजेल र मटीतेलको मूल्य प्रतिलिटर समान ८९ रुपैयाँ कायम भएको छ ।

खाना पकाउने ग्यास,पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban