मकवानपुरबाट २ सय २९ किलो गाँजा बरामद

रातोघर

 २०७७ आश्विन १६, शुक्रबार  मा प्रकाशित
४३३ पाठक संख्या


 

हेटौँडा । प्रहरीले मकवानपुरबाट आज ठुलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ ।                        प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ९ ढुङ्गेन नजिकै भित्री बाटोको छेउ खोल्सीमा लुकाई छिपाई राखेको अवस्थामा ९ बोरा गाँजा बरामद गरेको हो । ९ बोरामा १८ वटा बण्डल बनाएर लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए । उक्ता गाँजामा संलग्नहरुको खोजिकार्य भैरहेको समेत प्रहरीको भनाई रहेको छ । खबरब्रेक

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban