डिस्चार्ज भएपछि क्याप्टेन विजय लामाले भने- “नयाँ जिवनको सुरुवाती जस्तो लाग्यो”

रातोघर

 २०७७ आश्विन १६, शुक्रबार  मा प्रकाशित
४०० पाठक संख्या


 

१६ असोज, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा १८ दिन लामो अस्पताल घर फर्किएका छन् । उनी बिहीबार स्टार अस्पिटलबाट डिस्चार्ज भएका हुन् ।

धेरै मानिसले कोरोनालाई सामान्य रोग र कमजोर भाइरसको संज्ञा दिइरहँदा क्याप्टेन लामाले भने यसलाई गम्भीर रोगको संख्या दिएका छन् ।

उनले यसबीचमा पटकपटक भनेको छन्,’कोरोनालाई सामान्य सम्झने गल्ती नगर्नुहोस ।’ सोहीकारण आज पनि उनले एक स्टाटस लेख्दै भनेका छन्, ‘नयाँ जीवनको सुरुवाती जस्तै लाग्यो, त्यो कोरोना युद्धपछि ।’

यसबाट उनले कोरोनासँग गर्नु परेको संघर्ष स्पष्ट भएको छ । कोरोनालाई जितेपछि उनले कोरोनाप्रति विजय प्राप्ती पछिको जीवन देश र नेपालीको सेवामै लगाउने प्रण समेत गरेका छन् ।

उनको सबै शुभचिन्तकको माया, साथ र प्रार्थनाकै कारण आफूले रोगलाई पराजित गर्न सफल भएको उनको अनुभव छ । लामाले सन्देश दिएका छन्, ‘कोरोना भोग्नेलाई मात्र थाहा हुन्छ, यो कति खतरनाक भाइरस हो ।’

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban