उद्घाटनको लागि तयार छ पुनर्निर्मित रानीपोखरी

रातोघर

 २०७७ आश्विन २३, शुक्रबार  मा प्रकाशित
६२६ पाठक संख्या


२३ असोज, काठमाडौं । रानीपोखरी पुनर्निमाणको काम सकिएको छ । पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएपछि बत्ती जोड्ने र सरसफाइ गर्ने काम भइरहेको छ । रंगरोगनको काम लगभग सकिएको छ ।

अब यो काम पनि केही दिनमै सकिने र पुनर्निर्मित रानीपोखरी उद्घाटनका लागि तयार हुने राष्ट्रय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरण्का इन्जिनियर राजुमान मानन्धरका अनुसार रानीपोखरीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाटै गर्ने योजना छ ।

२०७२ माघ २ गते राष्ट्रपतिले रानीपोखरीबाटै पुनर्निर्माण अभियान सुरु गरेकी थिइन् । लामो समयको अलमल र विवाद पछि रानीपोखरीलाई मल्लकालीन शैलीमा पुननिर्माण गरिएको हो ।

बालगोपालेश्वर मन्दिर पनि मल्लकालमै रहेको ग्रन्थकुट (शिखर) शैलीमै बनेको छ । त्यसअघि राणाकालमा यो मन्दिर गुम्बज शैलीमा पुनर्निर्माण भएको थियो ।  Onliekhabar

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban