मकवानपुरमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

रातोघर

 २०७७ आश्विन २३, शुक्रबार  मा प्रकाशित
३४१ पाठक संख्या


२३ असोज, हेटौंडा । मकवापनुरको हेटौंडामा ट्याक्टरको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पैदलयात्री हेटौंडा–१७ बस्ने २९ वर्षीया शर्मीला बिक रहेकी छन् ।

अल्फाबेट स्पष्ट नभएको (३९२६) ट्याक्टरले हेटौंडा उपमहानगरपालिका –१८, भोर्लेमा शुक्रबार ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार धरान-चतरा सडकखण्ड अन्तर्गत हटियाबाट ठूलदमार जाँदै गरेको ट्याक्टरले महिलालाई ठक्कर दिएको थियो । ट्याकटर चालक फरार रहेका र उनको खोजी कार्य भइरहेको रानाले बताए ।

Onlinekhabar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban