कोरोना संक्रमित मनोज गजुरेलको अवस्था गम्भीर, आइसियूमा सारियो

रातोघर

 २०७७ कार्तिक २१, शुक्रबार  मा प्रकाशित
७४८ पाठक संख्या


काठमाडौं । मनोज गजुरेलको अवस्था गम्भीर भएको छ । चर्चित स्ट्यान्डअप कलाकार गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो ।

थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो ।

हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यले दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो ।

उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो । उज्यालो अनलाइन

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban