दाइजोप्रथा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रातोघर

 २०७७ माघ १४, बुधबार  मा प्रकाशित
६६० पाठक संख्या


वीरगञ्ज । वीरगञ्जस्थित पब्लिक एफएमद्वारा आयोजित महिला हिँसा तथा दाइजो प्रथा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा उनीहरुलाई महिला हिँसाले देश विकासमा समेत असर पर्न सक्ने भएको हुनाले यसलाई न्यूनीकरण गर्न सबै मिलेर लाग्नुपर्ने वक्ताहरुले सुझाव दिएका थिए ।

एफएमका निर्देशक एवम् सामाजिक अभियन्ता प्रकाश थारुको अध्यक्षता एवम् वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपस्थित विद्यार्थीहरुले विवाह गर्दा दाइजो नलिने र नदिने सामुहिक उद्घोषसमेत गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम कुमार खनाल, सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका अध्यक्ष राम सरार्फ, उपाध्यक्ष रेखा घिमिरे, सचिव दिलिप प्रधान, नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर २ का सदस्य जगत राई, स्कुलका प्रधानाध्यापक राजेश्वर पाण्डे, शिक्षिका सशीकला, व्यवस्थापन समितीका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य पब्लिक एफएमका कार्यक्रम संयोजक लालबाबू सिंहले गरेका थिए भने कार्यक्रमको सञ्चालन एफएमका स्टेशन मेनेजर राजेन्द्र सिंह राजपुतले गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban