नेरामावि सिमराद्धारा बिद्यार्थी छात्रवृत्ति वितरण

रातोघर

 १५ माघ २०७७, बिहीबार २०:४७  मा प्रकाशित
३०३ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका २ सिमरामा रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय सिमराले बिहिबार बिद्यार्थी छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालयले कक्षा १ देखी १० सम्मका दलित समुदायका र छात्राहरुलाई छात्रवृत्ति बितरण गरेको हो । बिहिबार स्कुलमा अध्ययनरत करिव ४ सय बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको बिद्यालयका प्रधानाध्यापक शंकर कुमार आचार्यले जानकारी दिए ।

छात्रवृत्ति कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठ सहित बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र गौतमले बिद्यार्थीहरुलाई उज्वल भविष्यको कामना गर्दै पछिल्लो समय बिद्यालयले आधारभुत तहमा प्रभावकारी पठनपाठन गराईरहेको बताए ।

 

उनले बिद्यालयले संचालन गरेको पुर्व प्राथमिक तह (मन्टेश्वरी कक्षा) ले धेरै अभिभावकको मन जितेको भन्दै प्रदेशमै उत्कृष्ट मन्टेश्वरी कक्षा संचालन भइरहेको प्रति खुशी ब्यक्त गरे । मन्टेश्वरीलाई आम अभिभावकले स्कुलको ‘मंगल ग्रह’का रुपमा परिभाषित गरिरहेको भन्दै अभिभकहरुले समेत कार्यक्रममा खुशी ब्यक्त गरे ।

बिद्यालयले प्रयाप्त भौतिक सम्पन्नता र आधुनिक प्रविधि प्रयोग गरी मन्टेश्वरी कक्षा संचालन गरिरहेको छ भनै यस बर्ष कक्षा ११ मा पनी बिद्यालयकै हालसम्मकै सबैभन्दा बढी करिब ४ सय ५० भन्दा बढी बिद्यार्थी भर्ना भई कम्प्युटर बिज्ञान सहित बिभिन्न चार संकायमा अध्ययन गरिरहेका छन् । बिद्यालयमा हाल कक्षा ११÷१२ मा मात्रै करिब ७ सय बिद्यार्थीले अध्ययन गरिरहेका छन् ।

Write your Comment