प्रधानमन्त्रीलाई लिखित जवाफसहित उपस्थित हुन सर्वाेच्चको आदेश

रातोघर

 २०७७ माघ १५, बिहिबार  मा प्रकाशित
४६५ पाठक संख्या


काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शर्मा ओलीले लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओलीलाई सात दिन भित्र जवाफ सहित आफै उपस्थित हुन भनेको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दायर गर्नुभएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban