

बारा
बारामा अनेरास्वबियुको जिल्ला भेला सम्पन्न भएको छ । कलैयामा सम्पन्न जिल्ला भेलाले ८१ सदस्यि जिल्ला कमिटि गठन गरेको छ ।
भेलाले जिल्ला कमिटिको संयोजकमा भैयाराम सहनी, सह संयोजकमा कपिल खरेल, सचिवमा श्याम कृष्ण घिमिरे, सह सचिवमा किरण यादव र कोषाध्यक्षमा मुना थिङ चयन हुनुभएको छ । यसअघि जिल्ला भेलाको नेकपाका केन्द्रिय सदस्य तथा अनेरास्ववियु स्थायी समिति सदस्य महेश बर्तौलाले उद्घाटन गर्नुभएको थियो ।
भेलामा नेकपाका केन्द्रिय सदस्य बलबिर चौधरि, उमेश कुशवाहा, अनेरास्ववियु प्रदेश २ का इन्चार्ज कनिश पटेल, अनेरास्ववियु केन्द्रिय सदस्य त्रिलोक बिक्रम शाह ठकुरि, अनेरास्वबियु केन्द्रिय सदस्य मनिस प्याकुरेल, निर्जल घिमिरे, राजकुमार नेउपाने, सरोज खनाल, सागर पाण्डे, सुसान्त शाह, सुजन तिमल्सिना, अरुण तामङ, दिपेश चौधरि लगायतको उपस्थिति रहेको थियो ।





Write your Comment