सडकमा अवरोध गरेको भन्दै नगर अध्यक्षसहित ६ जना पक्राउ

रातोघर

 २०७७ माघ २२, बिहिबार  मा प्रकाशित
४२६ पाठक संख्या


बारा ।

 

बारामा नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव नेपाल निकट नगर अध्यक्षसहित ६ जना पक्राउ परेका छन् । प्रचण्ड–माधव नेपाल समूहले घोषणा गरेको आमहड्तालमा सडक अवरोध सिर्जना गरेको भन्दै कलैया उपमहानगरपालिका अध्यक्ष जवाहिर अंसारी, सचिव मुकेश साह, हरिओम साह, वैजनाथ साह लागायत ६ जनालाई विहिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन र असंवैधानिक नियुक्तिको विरोधमा प्रचण्ड माधव समुहले नेपाल बन्द गरेको घोषणा गरेका थिए । निर्वादरुपमा हिँड्न अवरोध गरेको भन्दैसोहि क्रममा बन्द गराउन निस्केका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

गृह मन्त्रालयले बुधबारै सूचना जारी गरेर सडकमा कुनै पनि किसिमको अवरोध वा तोडफोड भए जोसुकैलाई पक्राउ गर्ने निर्देशन जारी गरेको प्रहरी नायव उपरिक्षक गौतम मिश्राले बताएका छन् । बिहानैदेखि जिल्लामा प्रहरी परिचालन व्यापक बनाएर हरेक कुनाकाप्चामा निगरानी बढाएकोे मिश्रले बताए । गृह मन्त्रालयबाट स्पष्ट निर्देशन प्राप्त भएको भन्दै प्रहरीले हिंसात्मक कार्य गर्ने जोसुकैलाई पक्राउ गरिने जनाएको हो ।

पसल तथा व्यवसाय खुले निर्वाधरुपमा सञ्चालनका लागि प्रहरीले सुरक्षासमेत दिनेछ । कुनै पनि अवरोध, आगजनी वा अन्य कार्य नहोस् भनेर अन्य समयभन्दा बढी सुरक्षा परिचालन गरिएको समेत उनले बताए । गृहको निर्र्देशनको पालना गर्दै यातायात, व्यवसाय, विधालयहरुलाई निर्वाध रुपमा सञ्चालन गर्नको लागि बाक्लो प्रहरीको उपस्थिती रहेको छ । कुनै पनि अवैध गतिविधि हुन नदिन जिल्लामा व्यापक प्रहरीको परिचालन गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban