जीतपुरसिमरामा माघ २९ गतेदेखि ‘दुधौरा महोत्सव २०७७’ हुने

रातोघर

 २२ माघ २०७७, बिहीबार १८:३५  मा प्रकाशित
६२९ पाठक संख्या



जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा दुधौरा महोत्सव २०७७ हुने भएको छ । वडा नम्बर १४ स्थित दुधौरा मैदानमा महोत्सव हुन लागेको हो । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजि प्रा.लिको आयोजनामा माघ २९ गतेदेखि फागुन ९ गतेसम्म महोत्सव हुन लागेको हो ।

आज सिमरामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी गराईएको थियो । प्रदेश मिडिया प्रा.लि सिमराको सह आयोजनामा हुन लागेको महोत्सवको तयारी भब्य रुपमा भईरहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै द लिड ईन्टरटेनमेन्ट एण्ड एभडरटाईजिङ प्रा.लिका अध्यक्ष बिमल खड्गी महोत्सवको तयारी भब्य रुपमा भईरहेको बताउनुभयो । ‘ऐतिहासिक नगरी पृथक पहिचान, दुधौरा महोत्सव २०७७ सिमराको सान’ भन्ने मुल नाराका साथ आयोजना हुन गईरहेको दुधौरा महोत्सव ११ दिनसम्म चल्नेछ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिशेष प्रस्तुती, १०० भन्दा बढि व्यापारिक स्टलहरु, मनोरञ्जनात्मक बाल उद्यान, अटो मोबाईल तथा औद्योगिक प्रर्दशनीका साथै टिकटक र सेल्फी जोन बिशेष रुपमा रहने अध्यक्ष खड्गीले बताउनुभयो । महोत्सव अवलोकन गर्न आयोजकले ५० रुपैया टिकट दर कायम गरेको छ ।

महोत्सवमा चर्चित गायक प्रमोद खरेल, चर्चित गायिका ज्योति मगर, चर्चित गायक दुर्गेस थापा, चर्चित गायक प्रिति आले, चर्चित गायक बद्रि पंगेनी, र्यापर मिस्टर डि, गायक कमल खत्री, गायक निशान भट्राई, गायक प्रताप दास, गायक कमल के क्षेत्री, गायिका समिक्षा अधिकारी, गायक सुनिल पण्डित, गायक प्रमोद जख्मी, गायक रमेश श्रेष्ठ मेलोडी, गायक विकास पाण्डे, गायक दिपक खड्का, गायक देवेन्द्र कार्की, गायिका चयन मगर, गायक संदिप गिरि लगायतले आफ्नो प्रस्तुती देखाउनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै सह आयोजक प्रदेश मिडिया प्रा.लि सिमराका व्यवस्थापक विकास पाण्डेले महोत्सव सफल बनाउन सम्पुर्णको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा द लिडका अध्यक्ष बिमल खड्गी, द लिडका व्यवस्थापक दिलिप साह, प्रदेश मिडिया प्रा.लि सिमराका व्यवस्थापक विकास पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन प्रदेश मिडिया प्रा.लि सिमराका अध्यक्ष प्रदिप गौतमले गर्नुभएको थियो ।

Write your Comment