दुधौरा महोत्सवमा आज चर्चित गायिका ज्योती मगरको प्रस्तुती रहने

रातोघर

 ६ फाल्गुन २०७७, बिहीबार १०:२९  मा प्रकाशित
६५० पाठक संख्या



जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ स्थित दुधौरा खोलामा जारी दुधौरा महोत्सव २०७७ मा आज पनि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका छन् ।

महोत्सवको छैटौं दिन आज बिहिबार नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउन लागेका हुन् ।

महोत्सवमा आज चर्चित गायिका ज्योती मगर , देबेन्द्र कार्की,अरुण पौडेल, गायक सुशिल पौडेल, गायक ईश्वर पुडाशैनी ,शनि सुनार,अंकित तामाङ,अन्सु लगायत चर्चित डान्सरहरुले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ ।  महोत्सव फागुण ११ गतेसम्म चल्नेछ ।

द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लि विरगञ्जको आयोजना तथा प्रदेश मिडिया प्रा.लि सिमराको सह आयोजनामा महोत्सव शुरु भएको हो ।

Write your Comment