बारामा भ्यानको ठक्करबाट एक जनाको मृत्यु

रातोघर

 २०७७ फागुन १०, सोमबार  मा प्रकाशित
६७० पाठक संख्या


बारा। बारामा सवारी र्दुघटनामा परी एक जनाको मृत्यु भएको छ। प्रसौनी गाउँपालिका–५ प्रस्टोकाका ४० वर्षीय दुर्योधन चौधरीको मृत्यु भएको जनाइएको छ।

वीरगञ्ज–कलैया सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिका– ३ स्थित अस्थायी ट्राफिक प्रहरी कार्यालय अगाडि उनलाई म्याजिक भ्यानले ठक्कर दिएको थियो। कलैयाबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना १ ज ८८३९ नम्बरको भ्यानले ना ४ प ५१२४ नम्बरको मोटरसाइकमा कलैयातर्फ जाँदै गरेका चौधरीलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ।

आइतबार बिहान सवा ११ बजे भएको दुर्घटनाबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि कलैया अस्पताल लगिएको थियो। उपचारका क्रममा दिउँसो २ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। म्याजिक भ्यान र चालक नियन्त्रणमा रहेको जनाइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban