दुधौरा महोत्सव २०७७ मा आज चर्चित गायक बिनय कार्की आउदै,

रातोघर

 १० फाल्गुन २०७७, सोमबार १४:००  मा प्रकाशित
१२० पाठक संख्या


जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ स्थित दुधौरा खोलामा जारी दुधौरा महोत्सव २०७७ मा आज पनि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका छन् ।

महोत्सवमा आज सोमबार नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउन लागेका हुन् ।

 

महोत्सवमा आज चर्चित गायक बिनय कार्की , भोजपुरी गायक प्रमोद जख्मी, देबेन्द्र कार्की,अरुण पौडेल, गायक सुशिल पौडेल, गायक ईश्वर पुडाशैनी ,शनि सुनार लगायत चर्चित डान्सरहरुले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ । महोत्सव फागुण ११ गतेसम्म चल्नेछ ।

द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लि विरगञ्जको आयोजना तथा प्रदेश मिडिया प्रा.लि सिमराको सह आयोजनामा महोत्सव शुरु भएको हो ।

Write your Comment