स्रोत नखुलेको ७ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

रातोघर

 १४ फाल्गुन २०७७, शुक्रबार १८:४२  मा प्रकाशित
१७० पाठक संख्या


१४ फागुन, वीरगञ्ज । स्रोत नखुलेको ७ लाख रुपैयाँसहित वीरगञ्जबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना-२५ बस्ने ४० वर्षीय संजयकुमार गुप्ता र ३७ वर्षीय विनोद कुमार रहेका छन् ।

भारतको रक्सौलबाट बीआर ०५ एडी ६८६९ नम्बरको मोटरसाइकल चढेर वीरगञ्जतर्फ आउँदै गरेको समयमा वीरगञ्ज-१६ स्थित रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँ बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

Write your Comment