नेपाल बाल संगठन बाराको जिल्ला अधिबेशन सिमरा मा सम्पन्न

रातोघर

 २०७७ फागुन १५, शनिबार  मा प्रकाशित
९५० पाठक संख्या


नेपाल बाल संगठन बारा को जिल्ला अधिबेशन बारा को सिमरा मा सम्पन्न भएको छ ।

जितपुर सिमरा नगर उपप्रमुख सरस्वति देवि चौधरि को प्रमुख आतिथ्यता र बाल संगठन बारा का सभापति त्रिलोक बिक्रम शाह को सभापतित्व मा कार्यक्रम सम्पन्न भएको छ । अधिबेसनले त्रिलोक बिक्रम साह को सभापतित्व मा ८ सदस्यिस समिति निर्बिरोध चयन गरेको छ जसमा मनिष प्याकुरेल,श्रीनिवास भट्टराइ,शुसिल ढकाल,सोममाया थिंग,कपिल खरेल,लक्ष्मि कुमारि पान्डे,बिनय गुप्ता रहेका छन ।

२ सदस्य सभापतिद्वारा मनोनित हुने,१ जना सदस्य केन्द्र ले मनोनयन गर्ने र कार्यबिभाजन जिल्ला को आगामि हुने पहिलो बैठक द्वारा गरिने निर्णय सहित कार्यक्रम समापन गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरस्वति चौधरिले बालबालिकाको शिक्षा,स्वास्थ्य को क्षेत्रमा नगर ले र आफ्नो तर्फबाट बिसेस पहल हुने जानकारि दिनुभयो साथै बाल संगठन लाइ बालबालिकाको हकहितका लागि बढ्न प्रेरित गर्नुभयो । कार्यक्रममा युवा समाजसेवि हिरा बस्नेत,सिमरा फाउन्डेसनका अध्यक्ष आरिफ हुसेन पत्रकार दिवाकर भन्डारि ,इप्रका सिमरा का प्रतिनिधि,APF जितपुर का प्रतिनिधि लगायतको उपस्थिति थियो ।

बालबालिकाको हक र अधिकार का लागि बाल संगठन ले बिभिन्न कार्य योजना सहित अघि बढ्ने सभापति त्रिलोक बिक्रम साह ले जानकारि गराउनुभयो । बन्दशत्र सहित निर्वाचन प्रतिनिधि को रुपमा नेपाल बाल संगठन ले यस अधिबेसनका लागि बरिष्ठ पत्रकार तथा समाजसेवि प्रकास कुमार लम्साल लाइ निर्बाचन अधिकृत तोकेको थियो । सभापति सहित सबै निर्वाचित सदस्य को आजै सपथ ग्रहण कार्यक्रम पनि सम्पन्न भएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban