भिमेश्वर मध्यवर्ती सामुदायीक बन समुहको अध्यक्षमा पुन मुल्मीलाई जिम्मेवारी

रातोघर

 २०७७ चैत्र ४, बुधबार  मा प्रकाशित
७४९ पाठक संख्या


सिमरा ।

मध्यवर्ती सामुदायिक बन अन्तर्गतको भिमेश्वर मध्यवर्ती सामुदायीक बन समुहको अध्यक्षमा पुनः पेशलकुमारले अध्यक्षको जिम्मेवारी सम्हालेको छन्। संस्थाको १३ औँ साधारण सभा तथा ५ औँ अधिवेसनबाट मुल्मी पुनः अध्यक्षमा चयन भएका हुन् ।

मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समिति अन्तर्गत रहेको यस समुहको उपाध्यक्षमा सरस्वती लामा, सचिवमा सुमन थापा मगर, कोषध्यक्षमा शोभा लामा, लगाएतका ११ सदस्यीय समिती चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा अर्जुन लम्साल, बालकुमार थापा मगर, खैरुनेसा, तुलसा कार्की, कविता धौजु, मुना कार्की र निलम परियार सर्वसम्मत चयन भएका हुन्।

संस्थाका अध्यक्ष मुल्मीको सभाअध्यक्षतामा सम्पन्न साधारण सभामा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङ्गको प्रमुख आतिथ्यता रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban