सिमरा कलेजलाई समता लघुबित्तद्धारा २ लाख सहयोग

रातोघर

 ४ चैत्र २०७७, बुधबार २०:५५  मा प्रकाशित
२०१ पाठक संख्या


सिमरा।

समता लघुबित्त बित्तिय संस्था लि.ले बाराको सिमरा स्थित सिमरा कलेजलाई २ लाख १ हजार १ सय आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

‘अक्षय कोषको लागि आर्थिक सहयोग हस्तान्तरण कार्यकम्र’ मा गरिव जेहेन्दार र मेहनती विद्यार्थीहरु पठनपाठन वञ्चित हुनु नपरोर्से भन्ने उद्देश्यले सिमरा कलेजले स्थापना गरेको अक्षय कोषमा समता लघुबित्तले २ लाख १ हजार १ सय आर्थिक सहयोग प्रदान गरेको हो । सिमरा कलेजले गरिव जेहेन्दार विद्यार्थीहरुको उच्च शिक्षा हासिल गर्न मद्दत गर्ने उद्देश्यले नै अक्षय कोषको माध्यमवाट सहयोग प्रदान गर्दै आएको छ ।

कलेजले आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रम. सिमरा कलेज सञ्चालक समितिका अध्यक्ष मदन बहादुर क्षेत्रि,नेकपा बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, समता लघुबित्त बित्तिय संस्था लि. का अध्यक्ष डम्मरमणी लिम्बु,प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे, समाजसेवि मुकुन्द बहादुर क्षेत्रि, समता लघुवित्त लेखा बिभाग प्रमुख सुनिता तमाङ्ग, समाजसेवि भोलाप्रसाद अधिकारी, नेपाली कांग्रेस नगर कमिटि सचिव शुसिल ढोडारी, लगायत कार्यकम्रमा कलेजका विद्यार्थीहरुको सहभागिता समेत रहेको थियो । सो सहयोग हस्तान्तरण कार्यक्रम सचालन तथा सहजिकरण सिमरा कलेजका प्रमुख सालिकराम अधिकारीले गरेका थिए ।

Write your Comment