सिमरा कलेजमा स्नातकोत्तर तह संचालनको तयारी,त्रिविले सम्भाव्यता अध्ययन गर्ने

रातोघर

 १९ चैत्र २०७७, बिहीबार ०८:२२  मा प्रकाशित
१७६९ पाठक संख्या



 

सिमरा ।

त्रिभुवन विश्वविद्यालयले बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ मा रहेको सिमरा कलेजलाई एम.बि.एस Master of Business Studies (MBS) को कक्षा संचालन अनुमतीका लागी संभाब्यता अध्ययन गर्ने भएको छ ।

गत फाल्गुन ११ गते गोरखापत्रमा प्रकाशित गरिएको सुचनाको आधारमा एम.बि.एस कक्षा संचालनको लागि सिमरा कलेजले प्रस्ताव पेश गरेका थियो र चैत्र ६ गते व्यवस्थापन संकाय विद्यापरिषद् स्थायि समितिको बसेको बैठकले सिमरा कलेजलाई एम.बि.एस कक्षा संचालन  संभाब्यता सुचीमा राखेको हो ।

त्रिविले सिमरा कलेज सहित देशभरका २४ क्याम्पसमा स्नातकोत्तर तह संचालनको संभाब्यता अध्ययन गर्ने भएको छ ।

Write your Comment