११ औँ जीतपुरसिमरा गोल्डकप : आर्मीसामु वीरगञ्ज स्तब्ध

रातोघर

 १ बैशाख २०७८, बुधबार २१:४४  मा प्रकाशित
१८० पाठक संख्या


सिमरा ।

११ औँ संस्करणको जीतपुरसिमरा गोल्डकपको दोस्रो खेलमा नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब विजयी भएको छ । वीरगञ्ज युनाईटेड क्लबलाई ४–१ गोल अन्तरले पराजीत गर्दै आर्मीले क्वाटरफाईनलमा स्थान बनाएको हो ।

आर्मीलाई जीत दिलाउन जर्ज प्रिन्स कार्की एक्लैले दुई गोल गरे । त्यसैगरी सन्तोष केसी सुसान्त चौधरीका नाममा एक÷एक गोल रह्यो । जवाफमा वीरगञ्जले एक गोल मात्रै गर्न सक्यो । वीरगञ्जका लागि चन्दन चौधरीले सान्त्वना गोल गरेका हुन् ।

सुरुुवाती समयदेखी नै वीरगञ्जलाई दवावमाा राखेको आर्मीले खेलको २४औँ मिनेटमा पहिलो अग्रता बनाएको हो । वीरगञ्ज युनाईटेडको फितलो रक्षापंक्तीको फाईदा उठाउँदै आर्मीले लगातार गोलको वर्षा ग¥यो । खेलको ४१औँ मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले ब्यक्तिगत पहिलो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । वीरगञ्जका खेलाडीले फल गरेपछी पाएको फ्रि किकको सदुपयोग गर्दै उनले बललाई सजिलै जाली चुमाए ।

पहिलो हाफमा निकै दवावमा परेको वीरगञ्जले इन्जुरी समयमा थप एक गोल खान पुग्यो । चार मिनेट थपिएको ईन्जुरी समयको दोस्रो मिनेटमा सुसान्त चौधरीले थप एक गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए ।

स्टार खेलाडिबिनै मैदान उत्रिएको आर्मीले खेलमा राम्रो प्रदर्शन ग¥यो । एकपछी अर्को अग्रता बनाएको आर्मीलाई ४८औँ मिनेटमा जर्ज प्रिन्स कार्कीले ब्यक्तीगत दोस्रो गोल गर्दै टिमलाई ४–०ले अघी राखे । खेलको म्यान अफ दि म्याच समेत बनेका कार्कीले डि बक्स भित्रैबाट गरेको प्रहारलाई सहजै गोलमा परिणत गरिदिए ।

पहिलो हाफमा निकै दवावमा परेको वीरगञ्ज दोस्रो हाफमा भने लयमा फर्किएको थियो । फलस्वरुप खेलको ६१ मिनेटमा एक गोल फर्कायो । चतुर्धन चौधरीले डि बक्स भित्र पाएको बलको सदुपयोग गर्दै टिमलाई सान्त्वना गोल दिलाएका थिए । त्यसअघी पाएका थुप्रै राम्रा प्रायासको सदुपयोग गर्न नसक्दा आर्मीसामु लज्जास्पद हार बेहोर्नुप¥यो ।

प्रतियोगीताको तेस्रो खेलमा विहिबार भरतपुर एफसी चितवन र वागमती युवा क्लब सुर्लाही खेल्ने आयोजक नवजनजाग्रीती युवा क्लबका महामसचिव सम्भुसिंह ठकुरीले जानकारी दिए ।

Write your Comment