जीतपुरसिमरा गोल्डकप : भरतपुरलाई पराजित गर्दे सर्लाही विजयी

रातोघर

 २ बैशाख २०७८, बिहीबार २१:५५  मा प्रकाशित
७२६ पाठक संख्या



सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा आज सर्लाही विजयी भएको छ । आज भएको खेलमा भरतपुरलाई सडनडेथमा पराजित गर्दे सर्लाही विजयी भएको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि अतिरिक्त ३० मिनेट थप गरिएको थियो । अतिरिक्त ३० मिनेटको समय पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।

ट्राईब्रकेरमा पनि दुई दुई गोल भएपछि खेल सडनडेथमा धकेलियो । सडनडेथमा भने सर्लाही विजयी हुन सफल भयो ।

प्रतियोगिता अन्र्तगत सर्लाहीका गोलरक्षक अरुण भ्लोन म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्र्तगत भोलि विजय युथ क्लब र सुदुरपश्चिम स्पोर्टस क्लबबिच खेल हुनेछ ।

दुई टिमबिचको खेल साझ ५ बजेदेखि शुरु हुनेछ ।

Write your Comment