नमुना मावि बकुलियामा वडा अध्यक्षलाई हटाएर नयाँ संचालक समिती

रातोघर

 ८ बैशाख २०७८, बुधबार १३:५५  मा प्रकाशित
३६८ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा ५, बकुलियामा रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक बिद्यालयमा नयाँ बिद्यालय ब्यवस्थापन समिती चयन गरिएको छ । अभिभावक भेलाको आयोजनामा बिद्यालयले हरीनारायण चौधरीको नेतृत्वमा चार सदस्यीय नयाँ संचालक समिती चयन गरेको हो ।

नगर शिक्षा ऐन अनुसार यसअघि स्थानिय वडा अध्यक्ष मोहित चौधरीले आफ्नो नेतृत्वमा संचालक समिती बनाएका थिए । सो समितीलाई अभिभावकले स्विकार नगरेपछी बिद्यालयको संचालक समितीको चयन प्रकृया लामो समयदेखी बिवादमा थियो ।

बिद्यालयमा कुनै राजनैतिक आवरण रहेका ब्यक्ति संचालक समितीमा रहन नहुने र आफ्ना छोराछोरी बिद्यालयमा अध्ययन नगरेपनी बिद्यालयको संचालक समितीको अध्यक्ष स्वयम वडा अध्यक्षको तजविजमा रहनेगरी स्थनिय शिक्षा ऐन बनेपछी नगरका २४ बिद्यालयले असहमती जनाउँदै सवोच्चमा रिट दायर गरेका थिए ।

बिचराधीन रहेको मुद्धाको किनारा लाग्ने समयसम्मका लागी बिद्यालय अनिर्णयको बन्दी भएको भन्दै नगरका कतिपय बिद्यालयले अभिभावक भेला बोलाएर संचालक समिती चयन गर्न थालेको हुन् ।

अध्यक्ष चौधरी सहित अन्य तीन सदस्यहरुमा कृष्ण चौधरी , सुनैना देवी र लालसा चौधरी चयन भएका छन् । अभिभावक भेलाले सर्वसम्मत रुपमा चार सदस्य चयन गरीएको र अन्य मनोनयन गरिने अध्यक्ष हरीनारायण चौधरीले जानकारी दिए ।

 

Write your Comment