जीतपुरसिमरा ३ बजनीमा श्रीमतीको हत्या, श्रीमान् फरार

रातोघर

 १० बैशाख २०७८, शुक्रबार १३:३०  मा प्रकाशित
१३२६ पाठक संख्या



जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा गएराती एक जना महिलाको हत्या भएको छ । बजनीस्थित छिमेक बैंक टोलमा बसोबास गर्ने पार्वती कार्कीको गएराती हत्या भएको हो ।

पावर्तीको आफ्नै श्रीमान हरी कार्कीले हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटना भएलगत्तै श्रीमान हरि कार्की फरार रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले ए वान समाचारलाई जानकारी दिनुभयो । प्रारम्भीक अनुसन्धानबाट मृतक पार्वती कार्कीको टाउकोमा ईट्टा प्रहार गरिएको देखिएको प्रहरीले जनाएको छ ।

‘पहिले देखिनै बुडाबुडि झगडा गर्थे, घटना भएको दिनपनि बुडाबुडी झगडा गरेका रहेछन्’ प्रहरी नायव उपरीक्षक श्रेष्ठले भन्नुभयो ‘हामी खबर प्राप्त हुनासाथ घटनास्थल पुग्यौ, अहिले श्रीमान् फरार छन्’ । घटनापछि श्रीमान घरबाट भागेको गाउलेले देखेका थिए । प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार घटनाको अनुसन्धान भईरहेको छ ।

Write your Comment