संकटा जीतपुरसिमरा गोल्डकपको फाइनलमा

रातोघर

 १० बैशाख २०७८, शुक्रबार १३:३६  मा प्रकाशित
६०६ पाठक संख्या



पोखरामा सम्पन्न आहा रारा गोल्डकपको विजेता संकटा क्लब सिमरामा जारी एघारौं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार साँझ सिमरा रङ्गशालामा सम्पन्न दोश्रो सेमिफाइनलमा विराट गोल्डकप विजेता एपिएफलाई ३–१ ले पन्छाउँदै संकटाले उपाधि होडमा अफ्रिकन रुट्स एशोसियसन (एआरए) संगको भेट पक्का गरेको छ । उपाधिका लागि अब शनिबार संकटा र एआरएबीच प्रतिष्पर्धा हुनेछ । यी दुई टोलीले चैत २६ गते आहा रारा गोल्ड कपको फाइनल खेलेकाक थिए । जसमा संकटा विजयी भएको थियो ।

खेलको पुरै समय एपिएफलाई दबाबमा राखेको संकटाको जितमा प्रकाश बुढाथोकीले २ तथा फोडे फोफानाले १ गोल गरे भने एपिएफका लागि प्रदिप लामाले पेनाल्टी शुट आउटमा सान्त्वना गोल फर्काए ।

खेलको २२ औँ मिनेटमा गणेश हमालको क्रसमा प्रकाशको गोल गर्दै संकटालाई अग्रता दिलाए । एपिएफका गोलरक्षक अमृत कुमार चौधरी अघी बढ्दा प्रकाशले बललाई सहजै जाली चुमाए ।

खेलको ३७ औँ मिनेटमा प्रकाशकै गोलमा संकटाले अग्रता दोव्वर पा¥यो । एपिएफका सन्तोष कटुुवालले संकटाका सुभाष गुरुङलाई फाउल गरेपछि पाएको फ्रिकिक अवसर गोलमा परिणत भयो । झण्डै ३० यार्ड परबाट सुभाष गुरुङले हानेको फ्रिकिक बललाई डिबक्स भित्र नियन्त्रणमा लिंदै प्रकाशले गोलमा परिणत गरेका थिए ।

खेलको ६१ औँ मिनेटमा संकटाका अफ्रिकी स्ट्राइकर फोडे फोफानाले गोल गर्दै संकटालाई ३–० को फराकिलो अग्रता दिलाए । सुभाष गुरुङको क्रसपासलाई फोफानाले डिबक्स बाहिरैबाट गोलमा परिणत गरे ।

खेलको ७९ औं मिनटमा एपिएफका प्रदिप लामाले पेनाल्टी शुट आउटमा सान्त्वना गोल फर्काएपनि अन्तिम समयमा एपिएफ खेलमा फर्कन सकेन । एपिएफले कर्नर एरियाबाट हानेको फ्रिकिक नियन्त्रणमा लिने क्रममा सुमन विकले पेनाल्टी एरियामा ह्याण्ड गरेपछि एपिएफले पेनाल्टी शुटआउटको मौका पाएको थियो ।

खेलको म्यान अफ दि म्याच घोषित भएका संकटाका प्रकाश बुढाथोकीले पाँच हजार नगद र ट्रफि प्राप्त गरे । शनिबार हुने उपाधि भिडन्तमा संकटा क्लब र एआरएबीच प्रतिष्पर्धा हुनेछ ।

Write your Comment