स्वतन्त्र युवा समाज डुमरवानाले जीतपुरसिमरा उपमहानगरपालिकामा आजदेखि सरसफाई अभियान सुरु

‘हामीले वडा अध्यक्ष ज्युलाई धेरै पटक फोहोर व्यवस्थापन गर्ने बिषयमा जानकारी गराईसेकेका छौ, तर उहाले चासो नदिनुभएपछि हामी आफै सरसफाई गर्न बाध्य भयौ’ उहाले भन्नुभयो ।

रातोघर

 ११ बैशाख २०७८, शनिबार १८:०१  मा प्रकाशित
६८९ पाठक संख्या



बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको स्वतन्त्र युवा समाज डुमरवानाले आजदेखि सरसफाई अभियान थालेको छ । वडा नम्बर १५ भित्र रहेको जंगलमा जथाभावि फालिएको फोहोरको व्यवस्थापन गर्न युवा समाज डुमरवानाले आजदेखि सरसफाई अभियान थालेको हो ।

सरसफाई अभियान अन्र्तगत बिभिन्न चरणमा गरी जंगलभित्रको फोहोर व्यवस्थापन गरिने अभियानका नेतृत्वकर्ता अरुण तामाङले जानकारी दिनुभयो । वडा नम्बर १५ भित्रको जंगलमा जथाभावि फोहोर फालिएको छ । खासगरी जंगलभित्र जथाभावि रुपमा सिसिका बोतलहरु बढि मात्रा फालेको देख्न सकिन्छ ।

वडा कार्यालयले पटक पटक जंगलभित्र जथाभावि रुपमा सिसाका बोतलका साथै फोहोर नफाल्न आग्रह गरेपनि शर्वसाधारणले अटेरी गर्दै आईरहेका छन् । नियम अनुसार जथाभावि फोहोर फाले ५ हजार रुपैया जरिवाना तिराउने प्रावधान छ । तर त्यो नियम भने प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन् ।

नियमको प्रभावकारी कार्यान्वयन गर्न वडा कार्यालयले चासो नदेखाएको भन्दै स्वतन्त्र युवा समाज डुमरवानाले सरसफाई अभियान थालेको अयिभानकर्ता अरुण तामाङले जानकारी दिनुभयो ।

‘हामीले वडा अध्यक्ष ज्युलाई धेरै पटक फोहोर व्यवस्थापन गर्ने बिषयमा जानकारी गराईसेकेका छौ, तर उहाले चासो नदिनुभएपछि हामी आफै सरसफाई गर्न बाध्य भयौ’ उहाले भन्नुभयो ।

Write your Comment