थप ४५२४ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

रातोघर

 १४ बैशाख २०७८, मंगलवार १८:३१  मा प्रकाशित
८२ पाठक संख्या


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको छ । कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।

Write your Comment