उपत्यकामा एकै दिन करिब २ हजार जनामा कोरोना संक्रमण

रातोघर

 १४ बैशाख २०७८, मंगलवार १८:३४  मा प्रकाशित
२६४ पाठक संख्या



१४ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा करिब दुई हजार कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्‍यकामा  १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

Write your Comment