जीतपुरसिमरामा पुनः कोरोना अस्पताल सञ्चालन गर्न माग

रातोघर

 २०७८ बैशाख १४, मंगलबार  मा प्रकाशित
६०४ पाठक संख्या


युवा संघ नेपाल बाराले अस्थायी कोरोना अस्पताल पुनः सञ्चालन गर्न जीतपुरसिमरा उपमहानगरपालिकासंग माग गरेको छ । कार्यालयमै पुगेर नगर प्रमुख डा. कृष्ण पौडेललाई ज्ञापन पत्र बुझाउदै युवा संघ बाराले अस्थायी कोरोना अस्पताल पुनः सञ्चालन गर्न माग गरेको हो ।

कोरोना माहामारीको नियन्त्रण र रोकथाममा उपमहानगरपालिकाले चासो देखाउनुपर्ने भन्दै युवा संघ बाराले बिशेष ध्यान दिन आग्रह गरेको छ । ९ बुदे माग राख्दै ज्ञापन पत्रमार्फत उपमहानगरपालिकाको ध्यानाकष्र्ण गराएको युवा संघ बाराले पिसिआर टेष्ट शुरु गर्न भनेको छ ।

हेर्नुस् युवा संघ बाराको ज्ञापन पत्र ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban