जनकपुरधाम प्रादेशिक अस्पतालमा ८ भेन्टिलेटर जडान

रातोघर

 २४ बैशाख २०७८, शुक्रबार १९:५३  मा प्रकाशित
१६१ पाठक संख्या


२४ वैशाख, जनकपुरधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालयले प्रादेशिक अस्पताल जनकपुरधाममा ८ वटा भेन्टिलेटर उपलब्ध गराएको छ ।

काठमाडौंबाट मगाइएको भेन्टिलेटर अस्पताल आइपुगेको र जडान हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । कोरोना उपचार केन्द्रका प्रवक्ता डा. मनिष पाण्डेले प्राविधिकहरुले भेन्टिलेटर जडान गरेर परीक्षण गरिरहेको बताए ।

यो अस्पतालमा यसअघि भएको ५ वटै भेन्टिलेटर बिग्रेको थियो । बुधबार एक जना बिरामीलाई भेन्टिलेटरको सपोर्ट दिएको केहीबेरमा बिग्रिएपछि मर्मत गर्दासमेत बन्न सकेको थिएन । यसले भेन्टिलेटरको सपोर्ट चाहिने बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता उत्पन्न भएको थियो ।

तर नयाँ भेन्टिलेटर आएपछि यस्तो अवस्था नरहने डा. पाण्डेले बताए । प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहका अनुसार २ वटा भेन्टिलेटर नारायणी अस्पताललाई पठाइएको छ ।

Write your Comment