जीतपुरसिमराका मेयर डा.कृष्ण पौडेलले आफ्नै गाडीलाई बनाए एम्बुलेन्स

रातोघर

 २०७८ जेष्ठ ४, मंगलबार  मा प्रकाशित
१२७५ पाठक संख्या


सिमरा

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले अन्ततः आफु चाढ्ने गाडीलाई एम्बुलेन्स बनाउनुभएको छ । बिभिन्न क्षेत्रबाट चौतर्फी दबाब आएपछि नगर प्रमुख पौडेलले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाउनुभएको हो ।

ना १ झ १६१९ नम्बरको गाडीलाई एम्बुलेन्स बनाईएको नगर प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । यसअघि उपमहानगरपालिकामा रहेको मेयर, उप मेयर र प्रमुख प्रशासकीय अधिकृतको तिन वटै गाडीलाई एम्बुलेन्स बनाउनुपर्ने भन्दै उपमहानगरपालिकाको चौतर्फी विरोध भएको थियो ।

नगर प्रमुख डा. पौडेलले हाललाई एउटा गाडीलाई एम्बुलेन्स बनाईएको भन्दै आवश्यक्ता परे अन्यलाई पनि बनाईने बताउनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban