बाराको सिमरा स्थित क्वारेन्टाईनलाई स्वास्थ्य सामग्री हस्तान्तरण

रातोघर

 २०७८ जेष्ठ ४, मंगलबार  मा प्रकाशित
५३७ पाठक संख्या


गैरआवासिय नेपाली संघ अफ्रिका स्थित राष्ट्रिय समन्वय समितिहरुको संयुुक्त आयोजनामा बाराको सिमरा स्थित क्वारेन्टाईनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं २ पशुुपति नगर स्थित सरस्वती आधारभुुत बिद्यालयमा संचालित क्वारेन्टाईनलाई सो सामग्री हस्तान्तरण गरिएको जनाईएको छ ।

स्वास्थ्य सामग्रीमा बेटाडिन १२ पिस, सेनिटाईजर १५ लिटर, हापोक्लोरिड एसिड २० लिटर, मास्क ६० प्याकेट, अक्सिमिटर पाँच पिस र थर्मोमिटर पाँच पिस रहेको स्थानीय समाजसेवी प्रकाश ढुुङ्गानाले जानकारी दिएका छन ।

कार्यक्रममा वडा अध्यक्ष तिलक बहादुुर श्रेष्ठ, कार्यपालिका सदस्य शोभा कार्की ,वडा सदस्य चिनिमाया परियार र धनबहादुुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban