धनुषा, महोत्तरी र सर्लाहीमा तेस्रो पटक निषेधाज्ञा थप

रातोघर

 १० जेष्ठ २०७८, सोमबार ११:४४  मा प्रकाशित
५०४ पाठक संख्या



१० जेठ, जनकपुरधाम । प्रदेश-२ का तीन जिल्लामा निषेधाज्ञाको समय थप गरिएको छ । कोरोना संक्रमण बढिरहेको भन्दै धनुषा, महोत्तरी र सर्लाहीमा तेस्रो पटक निषेधाज्ञा लम्बयाउने निर्णय भएको हो ।

धनुषामा जेठ १० गतेसम्म निषेधाज्ञा जारी रहेकोमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । अब जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा कायम रहने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

यस्तै सर्लाहीमा पनि एक साता निषेधाज्ञाको समय बढाइएको छ । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङका अनुसार १० गतेसम्म निर्धारण गरिएको निषेधाज्ञाको समयलाई बढाएर जेठ १७ गतेसम्म कायम गरिएको छ ।

यस्तै महोत्तरीमा थप १० दिन निषेधाज्ञा लम्बयाइएको छ । जेठ १० सम्म तोकिएको निषेधाज्ञालाई जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

Write your Comment