जितपुरसिमराका युवाद्वारा अलपत्र वृद्धाको उद्धार

रातोघर

 २८ जेष्ठ २०७८, शुक्रबार २३:०३  मा प्रकाशित
५६९ पाठक संख्या


सिमरा :   बाराको जितपुरसिमरा उपमहानगरमा केहिदिनदेखि अलपत्र अवस्थामा रहेकी एक वृद्ध महिलालाई सिमराका युवाहरुले उद्धार गरेका छन् । अन्दाजी ६५ वर्षकी बेघर महिलालाई स्थानिय कानुन व्यवसायी युवा अभियन्ता सरोज खनाल, गोवीन्द चौधरी, अरुण लामा र भवानी थापाको समुहले उद्धार गरि बृद्धाश्रम पठाएका हुन् ।
केही दिनदेखी पथलैया र सिमरा क्षेत्रको सडक पेटीमा भोकै दिन कटाउँदै आएकी उनको आज उद्धार गरि प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य चेकजाँचपछी पथलैयास्थित बृद्धाश्रममा पठाईएको खनालले जानकारी दिए । केही समयका लागि खाद्यान्नको समेत प्रवन्ध हुने भन्दै उनले बृद्धाश्रमलाई पाँच हजार रुपयाँ सहयोग समेत गरेका छन् ।
पछिल्लो समय कोभिड महामारीका बेला भयावह अवस्था सृजना भएको अवस्थामा सडकमा जीवन बिताईरहेका कैयौं असहाय नागरिकको बिचल्ली भएको छ । कतिपय मागेर छाक टार्ने अवस्थाका नागरिकमा समेत जीवन सुरक्षा भन्दा पेट पाल्ने चुनौती ठूलो बनिरहेको बेला सरकारले भने यि वर्गका नागरिकका लागि कुनै राहत प्याकेजको ब्यवस्था गर्न सकेको छैन । 

Write your Comment