वालिकालाई खेलाउछु भन्दै आँप बगैचामा लगेर बलात्कार

रातोघर

 २ असार २०७८, बुधबार २१:४४  मा प्रकाशित
४७३ पाठक संख्या



जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीकी ४ वर्षीया बालिका आफ्नै छिमेकीद्वारा बलात्कृत भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बालिकालाई सोही वडाका ५० वर्षीय छेदु मण्डलले जबरजस्ती करणी गरेका हुन् ।

बालिका बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले अभियुक्त मण्डललाई पक्राउ गरिसकेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार मंगलबार साँझ छिमेकी बालिकालाई खेलाउनका लागि मण्डलले घरबाट आफूसँग लगेका थिए । खेलाउन लगेको मौका छोपी उनले बालिकालाई आँपको बगैँचा लगी जबरजस्ती करणी गरेका थिए ।

अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारले बालिकाको खोजबिन गर्दैजाँदा घरभन्दा करिब २ सय मिटर पर आँपको बगैँचामा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीले बुधबार बिहान मण्डललाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको एसपी रानाभाटले बताए ।

यसअघि पनि मण्डलले आफ्नै गाउँकी एक महिलालाई पनि जबरजस्ती करणी गरेका थिए । त्यो बेला स्थानीयले सो घटनालाई गाउँमै ढाकछोप गरी मिलाएका थिए ।

Write your Comment