रेडियोकर्मी आचार्यलाई खेलकुद पत्रकारिता पुरस्कार दिइने

रातोघर

 २० असार २०७८, आईतवार ०९:१९  मा प्रकाशित
४५५ पाठक संख्या



बारा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च बाराले खेलकुद पत्रकारिता पुरस्कार २०७७ पत्रकार अविनाश आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ । शनिबार सिमरामा सम्पन्न मञ्चको बैठकले २५ हजार राशीको सो पुरस्कार सिआईएन र स्थानीय रेडियो सिमरामा कार्यरत पत्रकार आचार्यलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष सुनील गाउँलेले जानकारी दिए । आगामी भदौ २७ गते मञ्चको स्थापना दिवसका अवसरमा कार्यक्रमका बीच पुरस्कार प्रदान गरिने अध्यक्ष गाउँलेले बताए । जिल्लामा रहेर कृयाशिल पत्रकारहरुलाई खेलकुद पत्रकारितामा प्रोत्साहन गर्ने उद्देश्यले मञ्चले स्थापना गरेको सो पुरस्कार आगामी दिनमा प्रत्येक वर्ष प्रदान गर्ने निर्णय समेत बैठकले गरेको छ । मञ्चका अध्यक्ष गाउँलेको अध्यक्षतामा सप्पन्न बैठकमा मंचका सल्लाहकार समेत रहेका पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, बरिष्ठ पत्रकार गुरुप्रसाद गौतम लगायतको उपस्थिति थियो ।

Write your Comment