सिमराको मालपोत र नापी कार्यालयको जग्गादातालाई सम्मान, दुवै कार्यालय वडा स्थानान्तरण नहुने

रातोघर

 १ श्रावण २०७८, शुक्रबार १९:१०  मा प्रकाशित
११९७ पाठक संख्या


सिमरा ।

मालपोत र नापी कार्यालय सिमराको भवन निमार्णका लागि दानस्वरुप जग्गा प्राप्त भएको छ । जग्गा प्राप्तीसंगै अब यि दुवै कार्यालय नगरको ३ नम्बर वडा स्थित बजनीमै रहने भएको छ ।

जीतपुरसिमरा वडा नं ३ निवासी रामजी बाबु र राधादेविले मालपोत कार्यालयका लागि ४ कठ्ठा र नापी कार्यलयको लागि ३ कठ्ठा गरी ७ कठ्ठा जग्गा दान स्वरुप प्रदान गरेका हुन् ।

आज (शुक्रवार) एक कार्यक्रमका बिच जीतपुरसिमरा वडा नं ३ का वडाध्यक्ष जगन्नाथ घिमिरे,मालपोत र नापी कार्यालय सिमराका प्रमुखहरु हिमालय जिबी उपाध्याय र चिन्तामणी यादवले जग्गा दाता दम्पतिलाई सम्मान गरेका थिए ।

४ वर्षदेखि घरभाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको मालपोत र नापी कार्यालयले सिमराले जग्गा प्राप्त गरेसँगै भवन निमार्णको काम अगाडी बढाउने वडाध्यक्ष घिमिरेले जनाएका छन् ।

‘प्रदेश सरकारसँग पहल गरेर हामी तत्कालै भवन निमार्णको प्रकिया अगाडी बढाउछौ’ वडाध्यक्ष घिमिरेले भने ।

यसअघि प्रदेश २ सरकारले मालपोत र नापी कार्यालयको भवन निमार्णको लागि २ करोड २५ लाख बिनियोजन गरेपनि जग्गाको टुंगो नलाग्दा सो रकम खर्च हुन सकेन । मालपोत कार्यालय सिमराका प्रमुख हिमालय जिबी उपाध्यायले मालपोत र नापी कार्यालय महत्वपुर्ण कागजपत्रहरु असुरक्षित ढंगले राख्न बाध्य हुनुपरेको बताउँदै आफ्नै भवनमा कार्यालय संचालन हुन सके सेवा प्रवाहमा प्रभावकारीता आउने जिकिर गरे ।

‘अव्यवस्थित ढंगले सेवाग्राहीलाई सेवा दिनुपर्दा धेरै समस्या थियो अव जग्गा टुंगो लागेसँगै छिट्ै आफ्रनै भवनवाट सेवा दिन्छौ’ मालपोत प्रमुख उपाध्यायले भने ।
कार्यक्रममा जीतपुरसिमरा वडा नं ३ वडा पदाधिकारी, मालपोत तथा नापी कार्यालयका कर्मचारी र स्थानियहरुको सहभागीता थियो ।

सिमरा ३ स्थित बजनीमा रहेको मालपोत र नापी कार्यालयलाई सोही वडाका दम्पत्तीले जग्गा दान गरेसंगै अब यि दुवै कार्यालयले स्थायित्व पाउने भएका छन् । अहिले कार्यालय भएको स्थानबाट पुर्वपट्टी करिब २ सय मिटरको दुरीमा जग्गा प्राप्ती भएको हो ।

यसअघि यि दुई कार्यालयलाई स्थायित्वका लागी नगरको ४ नम्बर वडा स्थित औराहामा स्थानान्तरण गर्ने पहल केही जनप्रतिनिधिले गरेका थिए । सो कार्यमा चौतर्फी बिरोध भएपछी स्थगन गरिएको सो कार्यलाई अगाडी बढाउन मन्त्रालयबाटै परिपत्र भएपछी अब, सिमरा मालपोतको स्थाई कार्यालय कहाँ हुने भन्नेबारेको बिवाद टुंगिएको छ ।

Write your Comment