मालपोत कार्यलय मकवानपुरमा बेहोस् भएर लडेकी वृद्धा महिलाको मृत्यु

रातोघर

 २०७८ श्रावण २१, बिहिबार  मा प्रकाशित
४२० पाठक संख्या


हेटौंडा । मालपोत कार्यालय मकवानपुरमा आज एक वृद्धा महिला बेहोस् भएर लड्दा मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नंबर ६ सामरी घर भएकी ७८ वर्षिया पञ्चमाया गौतमको आज मालपोत परिसरमै ज्यान गएको हो ।

मालपोत परिसरमा आज दिउँसो एक्कासी बेहोस् भएको अवस्थामा वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

वृद्धाको शव परिवाले बुझेको प्रहरीले जनाएको छ । वृद्धा केहि दिनदेखि अंशबन्डाको जग्गा पासको लागि मालपोत धाइरहेकी थिइन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban