बालिका करणी गरेको अभियोगमा राई र चौधरी पक्राउ

रातोघर

 १५ भाद्र २०७८, मंगलवार १७:१७  मा प्रकाशित
१२५ पाठक संख्या


उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका– २ लेखगाऊमा १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई पक्राउ गरेको छ । ताप्ली गाउँपालिका– २ लेखगाऊका ३२ वर्षिय राकेश राईलाई बालिका जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

राईलाई १४ वर्षीया किशोरी करणी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको हो । राईमाथि १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप रहेको प्रहरीले जनाएको छ । पक्राउ परका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

त्यसैगरी त्रियुगा नगरपालिका– १२ सोनापुरका ४० वर्षिय आनन्द चौधरीलाई १४ वर्षिय बालिका जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । चौधरीले बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

Write your Comment