जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको दोस्रो अधिवेशन असोज दोस्रो साता

रातोघर

 २०७८ भाद्र १५, मंगलबार  मा प्रकाशित
४३२ पाठक संख्या


जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको दोस्रो अधिवेशन असोज १६ गते हुने भएको छ । अधिवेशनले पुनः ३ बर्षका नया कार्यसमिति चयन गर्नेछ । तर संघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने भएपछि हालका बरिष्ठ उपाध्यक्ष मोहन शर्मा अध्यक्ष बन्नेछन् ।

अधिवेशनमा बरिष्ठ उपाध्यक्षसहितको पदका लागी भने निर्वाचन हुने बुझिएको छ । संघको मुख्य कार्यालय जीतपुरमा हुने दोस्रो अधिवेशनको तयारी थालिएको अध्यक्ष सञ्जय शाहले बताउनुभयो ।

अधिवेशनलाई नै मध्यनजर गरेर नगर उद्योग वाणिज्य संघले नविकरणको काम धमाधम गरिरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban