वडा अध्यक्ष कप : वडा नम्बर ४ औराहा बिजयी

रातोघर

 २०७८ आश्विन ४, सोमबार  मा प्रकाशित
७०३ पाठक संख्या


सिमरा,३ असोजः

सुन्दरबस्ती युवा क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ सुन्दरबस्ती खेल मैदानमा जारी
वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा वडा नम्बर ४ औराहाले वडा नम्बर १३ लाई ५-० गोल अन्तरको फराकिलो जित निकाल्दै शानदार बिजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा वडा नम्बर ४ बाट सरोज ठकुरिले ३ गोल सहित आफ्नो ह्यट्रीक पुरा गर्न सफल भए साथै अनिल थिङ र उमेश गोङ्बाले समान १-१ गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ दि म्याचको ट्रफी सरोज ठकुरिले हात पारेका थिए ।

प्रतियोगितामा २४  वडाका २४ टिमले सहभागिता जनाउने अध्यक्ष रबिन्द्र गुरुङले बताउनुभयो ।प्रतियोगिता असोज २५ गतेसम्म चल्नेछ । प्रतियोगिताको बिजेताले ५० हजार र उप बिजेताले २५ हजार रुपैया पाउने अध्यक्ष गुरुङले बताउनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban