बिर्सिसकेको त्यो अतीत आज फेरि सम्झिनु परेको छ
मेरो मृत्युको कामना गर्नेलाई श्रद्धाञ्जली दिनु परेको छ
दुनियाँ विश्वासमा चल्छ विश्वास लाग्दैन कसरी भनूँ
कसैको भरोसा गर्दा खुब पीडामा तड्पिनु परेको छ
समय एकनास हुँदैन न त कसैको बाहुमा अडिग हुन्छ
म टुट्दा खुशी हुनेहरू आज आफैं टुक्रिनु परेको छ
म स्वतन्त्र भएर मेरा खुशीहरू देखाउँथेँ दुश्मनहरूलाई
समयको परिबन्धले गर्दा अझै यसरी बाँधिनु परेको छ
मेरो खुट्टा तान्दै गर, गिराऊ मलाई, ताली पिट अझै
मेरो सफलता नजिकिँदै छ केही समय पर्खिनु परेको छ
अदिती अर्याल
कुलेश्वर-१४, काठमाडौं
Write your Comment