

हेटौंडा । मकवानपुरको हेटौंडा-१६ हटिया स्थित एक ह्याचरिको फोहोर जलाउने क्रममा आगो उछुट्टिएर शरिरमा पर्दा एक जना गम्भिर घाईते भएका छन् ।
बुधबार साँझ हटिया स्थित पोषक वृजर ह्याचरिमा काम गर्ने २८ वर्षीय ओम प्रकाश पौडेल ह्याचरिको फोहोर जलाउने क्रममा अचानक आगो उछुट्टिएर शररिको विभिन्न भागमा पोल्दा घाईते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए । पौडेल दाङ तुल्सिपुर घर भइ सोही उद्योगमा काम गर्दै आएका थिए ।
पौडेललाई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको थियो । हेटौंडा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि भरतपुर चितवन पठाईएको दासले बताए । घटनाको आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाइएको छ।





Write your Comment