मकवानपुरमा गाई काटेको आरोपमा पक्राउ परेकालाई म्याद थप गरेर अनुसन्धान सुरु

रातोघर

 ६ आश्विन २०७८, बुधबार २१:०४  मा प्रकाशित
१४१ पाठक संख्या


हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा गाई काटेको आरोपमा पक्राउ परेका १० जनालाई मकवानपुर प्रहरीले मुद्दा दर्ता गरेको छ । आईतबार साँझ मकवानपुर प्रहरीले बकैया-११ को स्वबिमा गाई काटेको आरोपममा १० जना पक्राउ गरेको थियो ।

पक्राउ परेकालाई जिल्ला अदालतबाट १४ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।

पक्राउ परेको सबै जनामाथि गौवधसम्बन्धी मुद्दा चलाएको प्रहरीले जनाएको छ । सो मुद्दामा तीन वर्षसम्म कैद हुने कानूनी व्यवस्था छ ।

आईतबार बकैया-११ को स्वबिमा गाई काटेको विषेश सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले टोलीले घटनास्थलबाट ५० केजी गाईको मासु १० जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा बकैया-११ कालिदमार बस्ने ३८ वर्षीय जनक बहादुर लो,सोहि स्थानका ३५ वर्षीय राज लो,४० वर्षीय रबिन्द्र लो,सिमाटार बस्ने ४५ वर्षीय राज कुमार घलान,४८ वर्षीय प्रलाद भक्त न्यासुर,च्याउ च्याउ बस्ने १९ वर्षीय सोमार भोलन,५० वर्षीया सन्च माया भोलन,१६ वर्षीय सन्देश बिक, ४० वर्षीय सुन बहादुर तामाङ, ३६ वर्षीय फुल माया थिङ रहेका छन् ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यलय मकवानपुर र ईलाका प्रहरी कार्यलय फापरबारीबाट ११ जनाको प्रहरी टोलीले आईतबार साँझ पक्राउ गरेको थियो । घटनाको आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

 

 

Write your Comment