प्रथम डुमरवाना कप २०७८ आजदेखि शुरु, उद्घाटन खेलमा साहारा क्लब विजयी

रातोघर

 ६ आश्विन २०७८, बुधबार २१:२१  मा प्रकाशित
२९६ पाठक संख्या


जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा आजदेखि प्रथम डुमरवाना कप नक आउट फुटबल प्रतियोगिता २०७८ शुरु भएको छ । जनमुखी युवा चारपाते क्लबको आयोजनामा आजदेखि प्रतियोगिता शुरु भएको हो ।

 

प्रतियोगिताको आज एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामिछानेले खेल क्ष्ँेत्रको विकास गर्न वडा गंभिर रहेको बताउनुभयो ।

समाज परिवर्तन गर्न खेल क्षेत्रको भुमिका महत्वपुर्ण हुने भन्दै उहाले यस्ता प्रतियोगिताले वडाको विकासमा ठुलो भुमिका खेल्ने बताउनुभयो । ‘हामीले खेल क्षेत्रको विकासका निम्ति बिभिन्न योजनाहरु बनाएका छौ, त्यस अनुसार हामी गतिविधि सञ्चालन गर्दै लैजाने छौ’ उहाले भन्नुभयो ।

 

कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद सिंह, वडा नम्बर १६ का वडा अध्यक्ष केदार बजगाई, कार्यपालिका सदस्य राजकुमार राम, वडा नम्बर १५ का वडा सदस्य राजन भट्राई, वडा सदस्य हेमनारायण चौधरी, वडा नम्बर १३ का वडा सदस्य हरी प्रसाद फनेत, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक मनोजित कुवर, नेकपा माओवादी केन्द्रका नेता सोनालाल शाह, नेकपा एमालेका नेता राजकुमार अर्याल, नेपाली काग्रेसका युवा नेता ओमराज पाण्डे, संघिय समाजवादीका नेता रुपलाल चौधरी, वडा नम्बर १५ का वडा सचिव प्रदिप रेग्मी, डुमरवाना दुग्ध उत्पादन सहकारीका अध्यक्ष टिकाराम न्यौपाने, नेरामावि डुमरवानाका प्रधानाध्यापक अक्ष्य चौधरी, खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउले लगायतको उपस्थिति रहेको थियो ।

जनमुखी युवा चारपाते क्लबका अध्यक्ष रामेश्वर खाः थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका राकेश चौधरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिता अन्र्तगत आज भएको उद्घाटन खेलमा साहारा युथ क्लब विजयी भएको छ । आयोजक जनमुखी युवा चारपाते क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै साहारा युथ क्लबले विजयी शुरुवात गरेको हो ।

प्रतियोगिता असोज १७ गतेसम्म चल्नेछ । प्रतियोगिताको बिजेताले नगद ५१ हजार १ सय ११ रुपैया र उप बिजेताले २५ हजार १ सय ११ रुपैया पाउनेछन् ।

Write your Comment