रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन

रातोघर

 ७ आश्विन २०७८, बिहीबार १९:२८  मा प्रकाशित
१४० पाठक संख्या


काठमाडौं । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात बजे आफ्नै घरको कोठामा मृत भेटिएकी रोजिनाको शव सोही दिन उठाइएको भएपनि पारिवारिक असहमतिले पोष्टमार्टमा हुन सकेको छैन ।

आइतबार वडाध्यक्ष खेमप्रसाद न्यौपाने र प्रहरीको समन्वयमा रोजिनाको शव पोष्टमार्डमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो । माइती पक्षले शव उठाउन नदिने अडान राख्दा राख्दै पनि प्रहरी र जनप्रतिनिधिको चर्को दवावका कारण पोष्टमार्टमका लागि धरान लगेको पीडितका आफन्तको दाबी छ ।

‘सोमबार नै प्रहरी प्रशासनले पोस्टमार्टमको तयारी गरेको थियो तर पछि रोजिनाका घरपट्टीका मान्छे फेला पार्न नसकेको भन्दै पोस्टमार्टम गरेन’, मृतककी सानीआमा रमिला गीरिले उनले भनिन् ।

Write your Comment